Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

राष्ट्रिय सम्मानका साथ विपीन जोशीको अन्त्येष्टि

राष्ट्रिय सम्मानका साथ विपीन जोशीको अन्त्येष्टि


  • 3.1K
    SHARES

  • राष्ट्रिय सम्मानका साथ  विपीन जोशीको  अन्त्येष्टि

    कञ्चनपुर ,

    हमास समूहको कब्जामा रहँदा ज्यान गुमाएका कञ्चनपुरका विपीन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

    मंगलबार (कात्तिक ४) महाकाली नदी किनारमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपीनको शवमा नेपालको राष्ट्रिय झन्डा ओढाएका थिए ।

    सशस्त्र प्रहरीको टोलीले सलामी दिएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेको थियो ।

    अन्त्येष्टिमा नेपालका लागि इजरायली राजदूत समुलिक एरी बास सहभागी थिए ।

    इजरायली दूतावासका प्रतिनिधिले विपीनको शवमा इजरायलको राष्ट्रिय झन्डा ओढाउँदै सम्मान व्यक्त गरेका थिए ।

    तेल अभिभबाट सोमबार (कात्तिक २) फ्लाई दुबईमार्फत काठमाडौं ल्याइएको विपीनको शव साँझ नेपाली सेनाको स्काई ट्रकबाट धनगढी पुर्‍याइएको थियो । त्यहाँबाट धनगढी उपमहानगरपालिकाको शववाहनबाट भीमदत्त नगरपालिका–३ स्थित विपीनको घरसम्म लगिएको थियो ।

    मंगलबार बिहान घरबाट समाधिस्थल महाकाली भुजेलाघाटसम्म शवयात्रा निकालिएको थियो ।

    शवयात्रामा पूर्वपरराष्ट्रमन्त्री एनपी साउद, पूर्वसांसद तारा लामा तामाङ, इजरायली राजदूत लगायत व्यक्तिहरू सहभागी थिए ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार