Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

भदौ २५ गतेदेखि असोज १२ गतेसम्म देविनगर रंगशालामा ‘प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेला हुने

भदौ २५ गतेदेखि असोज १२ गतेसम्म देविनगर रंगशालामा ‘प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेला हुने


  • 2.2K
    SHARES

  • भदौ २५ गतेदेखि असोज १२ गतेसम्म देविनगर रंगशालामा ‘प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेला हुने

     बुटवल,

    रोटर्याक्ट क्लब अफ बुटवल साउथको आयोजनामा यही भदौ २५ गतेदेखि असोज १२ गतेसम्म देविनगर रंगशालामा  बुटवलमा ‘प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेला २०८२’ हुने भएको छ । 

    आइतबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेलाको तयारी तीव्र रुपमा भइरहेको जनाकारी गराएको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै रोटर्याक्ट क्लब अफ बुटवल साउथका अध्यक्ष इपल भण्डारीले मेलामा फिस टनेल र दुबई सिटी मुख्य आकर्षकको रुपमा रहने बताए ।

    ta2ff.jpg

    साथै मेलामा विष्णुमतिको मन्दिरको दर्शन तथा विभिन्न सांस्कृतिक कार्यक्रम, टिकटक प्रतियोगिता, नृत्य लगायतका विविध सांस्कृतिक कार्यक्रम समेत हुने बताए । 

     अहिलेसम्म २०० स्टल बुक भइसकेको र केही स्टल थप गर्ने तयारी रहेको अध्यक्ष भण्डारीले बताए ।

    मेलाको अवलोकलनका लागि ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको सचिव शंकर काफ्ले बताए । साथै विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा ४० रुपियाँ एवं ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक र असक्त तथा अपाङ्गहरुलाई प्रवेश शुल्क नलाग्ने बताए ।

    मेलामा स्थानीय तथा राष्टिय कलाकारहरुको समेत विशेष प्रस्तुती रहने बताए ।

    प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेलाको सहआयोजकमा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ र संरक्षकमा बुटवल उपमहानगरपालिका रहेको छ ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार