Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

लायन्स क्लब अफ बुटवल चौतारीद्धारा अनाथ आश्रममा आश्रित बालबालिकाहरुलाई जुत्ता तथा झोला वितरण

लायन्स क्लब अफ बुटवल चौतारीद्धारा अनाथ आश्रममा आश्रित बालबालिकाहरुलाई जुत्ता तथा झोला वितरण


  • 2.7K
    SHARES

  • लायन्स क्लब अफ बुटवल चौतारीद्धारा अनाथ आश्रममा आश्रित बालबालिकाहरुलाई जुत्ता तथा झोला वितरण

    तिलोत्तमा ,

    लायन्स क्लब अफ बुटवल चौतारीले आफ्नो नवौं चार्टर सेलिब्रेसन विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

    यसै क्रममा क्लवले शुक्रबार तिलोत्तमा–१५, कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रममा आश्रित बालबालिकाहरुलाई जुत्ता तथा झोला वितरण गरेको छ ।

    आश्रममा आश्रित २३ जना बालबालिकाहरुलाई उनीहरुको आवश्यकताको आधारमा जुत्ता तथा झोला वितरण गर्नुको साथैं खाना समेत खुवाइएको क्लवका अध्यक्ष हिमलाल न्यौपानेले जानकारी दिनुभयो ।

    hck2fff22.jpg

    कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डाइरेक्टर नाजमुल हक तथा विशिष्ट अतिथि डिष्ट्रिक गर्भनर बालराम भट्टराईले आश्रमका संरक्षक कृष्ण ज्ञवाली तथा बालबालिकाहरुलाई सहयोग सामाग्री हस्तान्तरण गर्नुभयो ।

    सो अवसरमा प्रमुख अतिथि हकले लायन्स क्लवले सामाजिक कार्यमा पुर्याएको कामको चर्चा गर्दै नयाँ सदस्य र क्लव वृद्धि गर्न लायनहरुलाई आग्रह गर्नुभयो ।

    hck3fff1.jpg

    यस्तै डिष्ट्रिक गर्भनर भट्टराईले लायन्स क्लव अफ बुटवल चौतारीले समाजसेवालाई प्राथमिकतामा राख्दै आएको चर्चा गर्दै थप रचनात्मक कार्यको शुभकामना व्यक्त गर्नुभयो ।

    h9ff.jpg

    लायन्स क्लब अफ बुटवल सिद्धबाबाको स्पोन्सरमा स्थापना भएको क्लवले विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा सहभागी लायन्स सदस्यहरूले बालबालिकासँग संवाद गर्दै उनीहरूको आवश्यकतालाई बुझ्ने प्रयास समेत गरेका थिए ।

    क्लबका पदाधिकारीहरुले अनाथ र अभिभावकविहीन बालबालिकाको शिक्षादेखि आधारभूत आवश्यकतासम्ममा सहयोग पुर्याउनु नै समाजको ठूलो जिम्मेवारी भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता मानवीय सेवामूलक गतिविधिलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका थिए ।h8fff.jpg

    लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ पि, एरिया ४ अन्तर्गतको यो क्लबले आफ्नो स्थापना कालदेखि नै सामुदायिक सेवामा सक्रिय भूमिका खेल्दै आएको छ । विशेषगरी मानवतावादी सहयोग, स्वास्थ्य सेवा र शैक्षिक सामग्री वितरणलाई प्राथमिकतामा राख्दै क्लबले विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

    hck4.jpg

    नेपाल अविनाश अनाथ आश्रममा आयोजित कार्यक्रमले आश्रममा आश्रित बालबालिकामा उत्साह थपेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले अनाथ र असहाय बालबालिकाहरूलाई सहयोग गर्नु मात्र सामाजिक दायित्व नभई मानवीय कर्तव्य पनि भएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    क्लवका अध्यक्ष हिमलाल न्यौपानेको अध्यक्षता, सचिव खिमानन्द खनालको सञ्चालन रहेको कार्यक्रममा पाष्ट प्रसिडेन्ट कृष्ण शर्मा पोखरेल, माधव खनाल, चार्टड प्रेसिडेन्ट लुकराज न्यौपाने लगायतले बोल्नु भएको थियो ।

    जुता र ब्याग ला, राजु भण्डारी र माधब खनाल खानाको ला, लक्ष्मण घिमिरेले sponser गर्नुभएको र आजको कार्यक्रमको संयोजक द्धितिय उपाध्यक्ष ला, नृप फौदारले गर्नुभएको थियो ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार