Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

आज साउन महिनाको तेस्रो सोमबार, शिवालयहरुमा श्रद्धालुको घुइँचो

आज साउन महिनाको तेस्रो सोमबार, शिवालयहरुमा श्रद्धालुको घुइँचो


  • 3.1K
    SHARES

  • आज साउन महिनाको तेस्रो सोमबार, शिवालयहरुमा श्रद्धालुको घुइँचो

     काठमाडौं ,

    आज साउन महिनाको तेस्रो सोमबार, काठमाडौंको पशुपति लगायत शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ ।

    हिन्दुधर्मावलम्बीहरुले साउन महिनाको हरेक सोमबारलाई भगवान शिवको प्रिय बार मानेर व्रत बस्ने र शिवको पूजाआराधना गर्ने गर्दछन् ।

    यस वर्षको साउन महिनामा चारवटा सोमबार परेका छन् ।

    हरेक सोमबारको दिन व्रतालुहरु बिहानै नुहाएर शिवलिङ्गमा जल र दूध चढाउँछन् । अनि बेलपत्र, धतुरो, विभिन्न फूल, फल लगायतका प्रसाद चढाएर पूजा गर्दछन् ।

    यसरी शिवको पूजा गरेमा अटल सौभाग्य प्राप्त हुने, मनोकांक्षा पूरा हुने, पारिवारिक सुख, शान्ति एवं समृद्धि मिल्ने धार्मिक विश्वास छ ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार