शनिवार, आषाढ २१ २०८२०३:०३:१८
पाल्पा ,
एक घर, एक लालीगुराँस’ अभियानलाई थप सशक्त बनाउने लक्ष्यका साथ लियो क्लब अफ लुम्बिनी मेडिकल कलेजले तानसेन नगरपालिका–१०, भार्केस डाँडामा लालीगुराँसको रोपण तथा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ले लालीगुराँसलाई केवल सौन्दर्यको प्रतीक मात्र नभई महत्वपूर्ण औषधीय गुणले भरिएको वनस्पति भएको बताए। “लालीगुराँसको फूलमा विभिन्न किसिमका पोषक तत्त्व पाइन्छन्, जसले हाम्रो स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ,” उनले उल्लेख गरे।

क्लबका अध्यक्ष रिभर्स कर्णले अभियानको महत्वमा जोड दिँदै, “यो अभियानले हरियाली विस्तार मात्रै होइन, वातावरणप्रति नागरिक चेतना पनि बढाएको छ भने।
अभियान अन्तर्गत सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ले पाल्पाका विभिन्न स्थानमा निरन्तर रुपमा लालीगुराँस रोप्दै आएका छन्।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दा र क्लबका सदस्यहरूले पनि यस अभियानलाई सकारात्मक कदम भन्दै प्रशंसा गरे।
हरित पाल्पा निर्माण र पर्यावरण संरक्षणका लागि सञ्चालन गरिएको यस्तो अभियानले समाजमा हरियाली मात्र होइन, स्वास्थ्य र सौन्दर्यको समेत सन्देश दिएको छ।