Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

तिलोत्तमा नगरपालिका वडा नम्बर तीनको आयोजनामा वडा स्तरीय वारिष्टा तालिम सम्पन्न

तिलोत्तमा नगरपालिका वडा नम्बर तीनको आयोजनामा वडा स्तरीय वारिष्टा तालिम सम्पन्न


  • 2.8K
    SHARES

  • तिलोत्तमा नगरपालिका वडा नम्बर तीनको आयोजनामा वडा स्तरीय वारिष्टा तालिम सम्पन्न

    बुटवल,


     रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर तीनको आयोजनामा वडा स्तरीय आदिबासी जनजाती समुदायका ब्यक्तिहरुको सहभागितामा वारिष्टा तालिम सम्पन्न भएको छ ।

    तालिमको समापन कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर तीनका वडा अध्यक्ष कल्याण पौडेलले वडामा रहेकाहरुलाई लक्षित गरेर रोजगारमुलक,ब्यवसायी, आत्मनिभर गराउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनु भयो ।

    att2fff.jpg


    तालिमले स्वदेश विदेशमा समेत रोजगारका लागी भुमिका खेल्ने बताउनु भयो । 
    वडा अध्यक्ष पौडेलले  माग अनुसारका विभिन्न किसिमका तालिमहरुको आयोजना गरिरहेको बताउनु भयो । तालिममा सहभागीलाई ब्यवहारमा लागु गर्न सुझाव दिनुभयो । 

    att3ff.jpg
    तालिममा वडाका ३० जना आदिबासी जनजाती समुदायका ब्यक्तिहरुको सहभागिता रहेको वडा सचिव गोकुल गिरीले बताउनु भयो ।   बैशाख १४ गते शुरु भएको तालिम जेठ १२ गते सम्पन्न भएको सचिव गिरीले बताउनु भयो ।

    att4ff.jpg

    तालिममा प्रमुख प्रशिक्षक तिलोत्तमा वडा नम्बर दुईमा रहेको   किङ्स् हस्पिटालिटी कलेजका विष्णु पौडेलले   प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
    समापन कार्यक्रमको संचालन वडा सचिव गोकुल गिरीले गर्नुभएको थियो ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार