Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

तिलोत्तमा नगरपालिका ,सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणा  सामाजिक विकासमा महत्वपूर्ण कदम 

तिलोत्तमा नगरपालिका ,सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणा  सामाजिक विकासमा महत्वपूर्ण कदम 


  • 4.3K
    SHARES

  • तिलोत्तमा  नगरपालिका ,सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणा  सामाजिक विकासमा महत्वपूर्ण कदम 

    तिलोत्तमा  ,

    चण्डी प्रसाद बश्याल,

    तिलोत्तमा नेपालको संविधान २०७२ मा गाँस, बास र कपास अर्थात् खाद्य, आवास र कपडालाई प्रत्यक्ष रूपमा यसै शब्दमा उल्लेख नगरे पनि यसको सार समेटिएको छ।

    यी आधारभूत आवश्यकता मानव जीवनका लागि अत्यावश्यक भएकाले संविधानमा विभिन्न मौलिक हकहरू र राज्यका नीतिहरू मार्फत यसको प्रत्याभूति गरिएको छ ।

    संविधानमा प्रत्येक नागरिकलाई खाद्यको हक हुने, प्रत्येक नागरिक भोकमरीमा नपर्ने, प्रत्येक नागरिकलाई खाद्य सम्प्रभुता सुनिश्चित गरिने उल्लेख छ । 


    यस्तै प्रत्येक नागरिकलाई आवासको हक हुने, कुनै पनि व्यक्तिलाई कानुनबमोजिमको प्रक्रिया बिना बसोबास भएको स्थानबाट नहटाइने पनि संविधानमा उल्लेख छ । कपडाको हक प्रत्यक्ष रूपमा उल्लेख नभए पनि जीवनस्तरको हक अन्तर्गत् यसको समावेश मान्न सकिन्छ ।

    जसमा ‘प्रत्येक नागरिकलाई सभ्य जीवनयापनका लागि आवश्यक जीवनस्तरको हक हुनेछ ।’ भन्ने उल्लेख छ । यसबाहेक, संविधानले सामाजिक सुरक्षाका हक, आर्थिक तथा सामाजिक अधिकारहरू, र राज्यका नीति निर्देशक तत्वहरू मार्फत पनि यी आधारभूत आवश्यकताहरू पुरा गर्ने दायित्व राज्यलाई दिएको छ । 
    संविधानमा जे जस्तो लेखिए पनि आज पनि कयौं मानिसहरु सडकमा नैं जीवन बिताउन बाध्य छन् ।

    विभिन्न कारणले घरबारविहीन भएर सडकमा जीवन बिताउन बाध्य भएका मानिसहरुलाई सम्मानजनक जीवनमा पुनःस्थापित गराउने काममा रुपन्देहीको तिलोत्तमा नगरपालिका अग्रसर भएको छ । पालिका क्षेत्रमा कुनै पनि मानवले सहयोगापेक्षी सडकआश्रित भएर बस्न नपर्नेगरी तिलोत्तमा नगरपालिकाले मानव सेवा आश्रमसँग मिलेर नगरलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा गरेको छ ।

    गत वैशाख २४ गते गरिएको यो घोषणाको अवधारणा सडकमा आश्रित घरबारविहीन तथा जीविकोपार्जनका लागि अरूको सहयोगमा निर्भर व्यक्तिहरूलाई सामाजिक रूपले सम्मानजनक जीवनमा पुनःस्थापित गर्नु हो । 
    सहयोगापेक्षी यस्तो व्यक्ति हो जो आफैंले पर्याप्त आय, आवास, र जीवनयापन गर्न सक्दैन र जीविकोपार्जनका लागि अन्यको सहयोगमा निर्भर हुन्छ । सडकआश्रित यस्तो व्यक्ति वा समूह हो जसको बसोबास सडक, सार्वजनिक स्थान वा अस्थायी टहरामा हुन्छ, र जसको कुनै स्थायी घर छैन । र, मानवमुक्त यस्तो अवस्था जहाँ व्यक्ति सडकआश्रित जीवनबाट मुक्त हुन्छ र उसलाई समाजमा सम्मानजनक, सुरक्षित, र स्वावलम्बी जीवन बाँच्न सक्ने अवस्था प्रदान गरिन्छ ।
    यो अवधारणाको उद्देश्य भनेको घरबारविहीन, गरिब, असहाय व्यक्तिलाई पुनःस्थापना गर्ने, सामाजिक सुरक्षाको पहुँच प्रदान गर्ने, स्वावलम्बनको वातावरण सिर्जना गर्ने, मागेर खाने संस्कृतिको अन्त्य गर्ने, मूलधारको जीवनमा फर्काउने । सडकमा आएका सबै व्यक्तिलाई जीवनभर आश्रय दिनु नपर्ने हुन्छ । उनीहरुलाई परिवारमा पुनःस्थापित गराउन सकिन्छ । यसका लागि मनोसामाजिक परामर्श तथा परिवारसँग पुनर्मिलन गराउने कार्य मानव सेवा आश्रमले गर्दै आएको छ ।

    मानव सेवा आश्रम नेपालमा सक्रिय एउटा सामाजिक संस्था हो, जसले विशेष गरी सहयोगापेक्षी, सडकआश्रित, असहाय, अशक्त र घरबारविहीन व्यक्तिहरूको उद्धार, संरक्षण र पुनःस्थापनाको क्षेत्रमा काम गर्छ । यस संस्थाले सडक मानवमुक्त समाजको लक्ष्य लिएको छ । सडकआश्रित तथा असहाय व्यक्तिहरूको उद्धार, आश्रय, खाना, लुगाफाटा, उपचार, औषधीको व्यवस्था, पुनर्मिलन कार्यक्रम ९उद्धार गरिएकालाई परिवारमा मिलाउने०, मनोसामाजिक परामर्श र मानसिक उपचार सेवा, सामाजिक पुनःस्थापना र सीपमूलक तालिमका कार्यक्रम, मागेर खाने प्रवृत्तिको अन्त्य र समाजमा चेतना फैलाउने, स्वस्थ, सभ्य र सम्मानजनक जीवनयापनको व्यवस्था गर्ने कार्य आश्रमले गर्दै आएको छ । 
    तिलोत्तमा वडा नं। ६ पश्चिम पहुनीमा पनि आश्रममार्फत् सेवा केन्द्र सञ्चालन गरिएको छ ।

    तिलोत्तमा नगरपालिकामा देखापर्ने सहयोगापेक्षीलाई उद्धार गरी सोही सेवा केन्द्रमा राख्ने गरिएको छ । उद्धार गरिएका मध्ये धेरैजसोलाई उपचार, मनोसामाजिक परामर्शपछि परिवारमैं पुनःस्थापित गराइने आश्रमका स्वयंम्सेवकहरु बताउँछन् । 
    मानवसेवा आश्रमको सहकार्यमा तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा भएसँगै संविधानले परिकल्पना गरेको सबै व्यक्तिले सम्मानपूर्वक बाँच्न पाउने हक तिलोत्तमाले कार्यान्वयन गरेको छ ।

    आश्रमको मिसन २०८२ अभियानअन्तर्गत् यो पहिलो ऐतिहासिक घोषणा भएको हो । यस वर्षभित्र स्थानीय तह हुँदै सबै प्रदेश र मुलुकलाई नै ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गर्ने तयारी रहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिएका छन् ।
    प्रदेश सरकारका मन्त्री, तिलोत्तमा नगरपालिकाका प्रमुख, उपप्रमुखसहितका जनप्रतिनिधि, विभिन्न राजीैतिक दलका प्रतिनिधि र सरोकारवाला सरकारी निकायहरूको उपस्थितिमा तिलोत्तमा नगरपालिकालाई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गरिएको हो ।

    घोषणासँगै अब तिलोत्तमा नगरपालिकामा कोही पनि बेसहारा बेवारिसे, अशक्त र अनाथ भई बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
    त्यसक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले घोषणापत्र पढेर सुनाउनु भएपछि उक्त घोषणा पत्र मानवसेवा आश्रमका अध्यक्ष अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

    मानवसेवा आश्रमले कोही पनि मानिस बेवारिसे भएर सडकमा जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले विगत १३ वर्षदेखि सहयोगापेक्षी सडक आश्रित मानवहरूका लागि उपचार र उपचारपछि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाको व्यवस्थापन गर्दै आएको जनाएको छ । 

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार