Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

बुद्धका शान्तिका सन्देशहरू अहिले पनि सान्दर्भिक छन् प्रधानमन्त्री ओली

बुद्धका शान्तिका सन्देशहरू अहिले पनि सान्दर्भिक छन् प्रधानमन्त्री ओली


  • 2.2K
    SHARES

  • बुद्धका शान्तिका सन्देशहरू अहिले पनि  सान्दर्भिक छन् प्रधानमन्त्री  ओली

    लुम्बिनी,

    प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शान्तिका सन्देशहरू अहिले पनि, जहिले पनि, जहाँ पनि सान्दर्भिक रहेको बताए ।

    सोमबार लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनीको गुरुयोजना निर्माण भइसकेको उल्लेख गर्दै त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती भव्य रूपमा मनाउने घोषणा गरेका छन् ।

    ba1ff.jpg

    ‘बुद्धका उपदेश विश्वका लागि सन्दर्भयोग्य छन् । झण्डै झण्डै भारत र पाकिस्तानबीच हात हालाहालको स्थिति आएको थियो’उनले भने–‘हामीले संयमित हुन आग्रह गर्यौं । बुद्धका शान्तिका सन्देशहरू अहिले पनि, जहिले पनि, जहाँ पनि सान्दर्भिक छन् ।’

    उनले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको धारणा राखे । ‘बुद्धका उपदेश छन, शान्तिका उपदेश छन्, मानवताका उपदेश छन्, करुणाका उपदेश छन् । यी सबैलाई आत्मसात् गर्न हामी सबैले आवश्यक ठान्नुपर्छ’प्रधानमन्त्री ओलीले भने ।

    lkff.jpg

    प्रधानमन्त्री ओलीले बुद्धका शिष्यहरूको योगदानको प्रशंसा गर्दै शान्ति, करुणा र प्रेमजस्ता मूल्यको प्रचारमा उनीहरूले महत्वपूर्ण भूमिका खेलेको बताए । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार