Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

रुपन्देहीको तिलोत्तमा वडा नम्बर तीनद्धारा निशुल्क बाख्रा बितरण

रुपन्देहीको तिलोत्तमा वडा नम्बर तीनद्धारा निशुल्क बाख्रा बितरण


  • 4.4K
    SHARES

  • रुपन्देहीको तिलोत्तमा  वडा नम्बर तीनद्धारा   निशुल्क बाख्रा  बितरण

    तिलोत्तमा,

    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर तीनले बाख्रा पैचो कार्यक्रम गरेको छ ।

    तिलोत्तमा नगरपालिका वडा नम्बर तीनले  शुक्रबार वडाबासीहरुलाई  निशुल्क बाख्रा बितरण गरेको हो ।

    tb2ff.jpg

    तिलोत्तमा नगरपालिका वडा नम्बर तीनका वडा अध्यक्ष कल्याण पौडेलले  वडाको विनियोजन बजेटबाट निशुल्क बाख्रा बितरण गर्नु भएको बताउनुभएको हो ।

    विपन्न परिवारलाई सहयोग गर्दे आर्थिक अवस्थालाई माथि उठाउन निशुल्क  बाख्रा वितरण गरिएको बताउदै वडा अध्यक्ष पौडेलले विभिन्न किसिमका रोजगारमुलक तालिम लगायत वडाबासीको माग अनुसारका कार्यक्रममा जोड दिएको बताउनु भयो ।

    tb3ff.jpg

    विपन्न घरपरिवारका लागी १६के,जी,देखि २५के,जी,सम्मका बाख्रा निशुल्क बितरण गरिएको र पछि एउटा फिर्ता दिने सर्त रहेको  बाख्राको विमा समेत गरिएको  वडा सचिव गोकुल गिरीले बताउनु भयो ।

    tb4ff.jpg

    निशुल्क बाख्रा वितरण कार्यक्रममा वडा सदस्यहरु नारायण बहादुर क्षेत्री, लक्ष्मी घिले ,वडा कृषि समितिका अध्यक्ष दुर्गा बहादुर मल्ल लगायतको सहभागिता रहेको थियो ।बाख्रा वितरण कार्यक्रमको संचालन वडा सचिव गोकुल गिरीले गर्नुभएको थियो ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार