शनिवार, बैशाख ६ २०८२११:०८:३५
बुटवल ,
बुटवलमा एक युवतीमाथि गाेली प्रहार भएकाे छ।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल-११ बुद्ध नगरमा बस्ने टिका बिष्ट क्षेत्रीमाथि गाेली प्रहार भएकाे हाे ।
उनकाे कम्मर माथि गाेली लागेको छ।नादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगरबस्ने बिष्टमाथि गाेली प्रहार भएकाे र उनकाे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले बताए ।
गोली प्रहारमा संलग्नको खोजी र अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।