बुधवार, बैशाख २७ २०८०११:१६:५४
काठमाडौं,
अर्थमन्त्री प्रकाशशरण महतले आज प्रि-बजेटका बारेमा सांसदहरुले राखेका धारणाका बारेमा जवाफ दिदैँछन् ।
गत आइतबार बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरुले राखेका प्रि-बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् ।
गत बैशाख २५ देखी प्रि-बजेटका बारेमा छलफल भए अनुसार सांसदहरुले आा-आफनो धारणा राखिसकेका छन् ।
अर्थमन्त्री महतले राष्ट्रिय सभामा सासदहरुले उठाएका सवालको जवाफहरु भने हिजै दिइसकेका छन् । उनले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गरेका छन् ।
संवैधानिक ब्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पुर्व सन्ध्यामा राजनीतिक दलहरुले प्रि-बजेटका बारेमा छलफल सुरु गरेका थिए ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology