Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

आगामी आर्थिक वर्षको बजेट आर्थिक वृद्धि, रोजगारीको अवसर र सुशासन तर्फ लक्षित हुने अर्थमन्त्री महत

आगामी आर्थिक वर्षको बजेट आर्थिक वृद्धि, रोजगारीको अवसर र सुशासन तर्फ लक्षित हुने अर्थमन्त्री महत


  • 1.2K
    SHARES

  • आगामी आर्थिक वर्षको बजेट आर्थिक वृद्धि, रोजगारीको अवसर  र सुशासन  तर्फ लक्षित हुने अर्थमन्त्री  महत

    काठमाडौं ,

    प्रतिनिधिसभाको बजेट अधिवेशन सुरु भएको छ ।

    अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आर्थिक वृद्धि, रोजगारीको अवसर बढाउने र सुशासन प्रवर्द्धन गर्नेतर्फ लक्षित हुने बताएका छन् ।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा 'आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भन्ने प्रस्ताव' बजेटका प्राथमिकताका विषयमा राखेका हुन् ।

    'आगामी आर्थिक वर्षको बजेट दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने, रोजगारीका अवसर बढाउने, सुशासन प्रवर्द्धन गर्ने, सेवा प्रवाहमा सुधार र स्रोत साधनको परिचालनमा प्रभावकारिता कायम गर्नेतर्फ परिलक्षित हुने बताएका छन् ।

    अर्थमन्त्री महतले प्रतिनिधिसभाको बजेट अधिवशेनको पहिलो दिन नै प्रि-बजेट छलफलको प्रस्ताव राखेका हुन् ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार