Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस,आउँदो आर्थिक वर्षदेखि मजदुरको न्यूनतम मासिक तलब १५ हजार पुर्याइने प्रधानमन्त्री ओलीको दाबी

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस,आउँदो आर्थिक वर्षदेखि मजदुरको न्यूनतम मासिक तलब १५ हजार पुर्याइने प्रधानमन्त्री ओलीको दाबी


  • 2.2K
    SHARES

  • आज अन्तर्राष्ट्रिय श्रमिक दिवस,आउँदो आर्थिक वर्षदेखि मजदुरको न्यूनतम मासिक तलब १५ हजार  पुर्याइने  प्रधानमन्त्री ओलीको दाबी

    काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको दाबी गर्नुभएको छ । 

    मजदुर दिवसको शुभकामना व्यक्त गर्दै उहाँले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर  आउँदो आर्थिक वर्षदेखि १५ हजार रुपैयाँ पुर्याइने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

    प्रधानमन्त्री ओलीले मजदुरको दैनिक पारिश्रमिक पनि ५ सय १७ रुपैयाँबाट बढाएर ५ सय ७७ रुपैयाँ बनाइने बताउनुभएको छ  ।

    उहाँले वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि गन्तव्य देशसँग श्रम सम्झौता गरिएको र देशभित्रैका मजदुरको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगाएका व्यवस्था गरिएको पनि दाबी गर्नुभएको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार