मंगलवार, मंसिर २७ २०७९०२:५१:४२
बुटवल ,
धनवर्षा बचत तथा ऋण सहकारीको आयोजनामा रक्तदान सम्पन्न भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर दुईको मैनानगरमा रहेको धनवर्षा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मंगलबार रक्तदान सम्पन्न भएको हो ।
सहकारीका अध्यक्ष नारायण प्रसाद ज्ञवालीको अध्यक्षतामा भएकोे रक्तदान कार्यक्रममा १०१ युनिट रगत संकलन भएको धनवर्षा बचत तथा ऋण सहकारी ब्यवस्थापक रचना पन्थले बताउनुभयो ।
रक्तदान कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष भोज बहादुर बुढाथोकी,बुटवल अटोका अध्यक्ष तुल्सीराम न्यौपाने, फुलबारी साकोसका अध्यक्ष चन्द्रमणी भण्डारी लगायतले ै रक्तदानको महत्वका बारेमा बोल्दै सामाजिक उत्तरदायित्व अन्र्तगत सहकारीले गरेको कार्यले मानिसको जीवन रक्षा गर्ने भन्दै अन्य समयमा पनि आर्थिक संगै सामाजिक कार्यक्रम गर्न सुझाव दिनुभएको थियो ।
स्वागत रक्तदान कार्यक्रमका संयोजक राम बहादुर शाहीले गर्नु भएको थियो ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology