Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

बुटवलमा गर्न लागेको राष्ट्रिय औद्योगिक प्रदर्शनीमा १ लाख ११ राशिको प्रदर्शनी आइडल

बुटवलमा गर्न लागेको राष्ट्रिय औद्योगिक प्रदर्शनीमा १ लाख ११ राशिको प्रदर्शनी आइडल


  • 3.4K
    SHARES

  • बुटवलमा गर्न लागेको राष्ट्रिय औद्योगिक प्रदर्शनीमा   १ लाख ११ राशिको प्रदर्शनी आइडल

    बुटवल, 
    रुपन्देही उद्योग संघले नेपालउद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघसँगको संयुक्त आयोजनामा“संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार”भन्ने मुल नाराकाआगामी पौष ७ देखि बुटवलमा गर्न लागेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ मा मनोरञ्जनात्मक कार्यक्रमहरूलाई विशेष प्राथामिकता दिइएको छ । 
    प्रदर्शनी आयोजक रूपन्देहीउद्योग संघले प्रदर्शनी स्थलमा औद्योगिक वस्तुहरुको अवलोकन गर्ने प्रवन्ध मिलाउनुका साथै राष्ट्रिय÷स्थानीय कलाकारहरूलाई जमघट गराई अवलोलक गर्न आउने दर्शकहरूलाई मनोरञ्जन प्रदान गराउने योजनावनाएको प्रदर्शनीमुलआयोजक समितिका सदस्य सचिव हरि बहादुर खत्रीले बताउनु भयो ।  
    सांस्कृतिक कार्यक्रम उपसमितिका संयोजक मोहनीलाल रिजालले प्रदर्शनीअवधिभर राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुती रहने जानकारी दिनु भयो । ‘हामीले राष्ट्रिय ख्यातिप्राप्त, लोकदोहारी, आधुनिक, पप,हाँस्यव्यङग्य कलाकारदेखि जिल्लामा बसेर कलाकारितामा रमाएका सफल कलाकारहरूको जमघट गराउने योजना बनाएका छौं’ रिजालले भन्नु भयो, ‘प्रदर्शनीमा दर्शकहरूलाई मनोरञ्जन प्रदानगर्न कुनै कमी रहने छैन ।’
    त्यसैगरि प्रदर्शनीमा लोक संस्कृतिलाई जोगाउने उद्देश्यका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिता, अन्तर विद्यालयलोक नृत्य प्रतियोगिता, अन्तर कलेज बक्तृत्वकलाप्रतियोगिता, लोक भजनसमेत राखिएको छ । लोक दोहोरी प्रतियोगितामा विजेताले ७५ हजार ५५५ रुपैया प्राप्तगर्नेछन भने दोस्रो हुनेलाई ३७हजार ५५५ रुपैया पुरस्कार प्रदानगरिने छ । 
    संघले सुरुवात गरेको नयाँकलाकार उत्पादनगर्न प्रदर्शनी आइडल प्रतियोगितालाईै पनि यस पटक निरन्तरतादिने निर्णय भएकोछ  । प्रदर्शनी आइडलको छैटौं सिजनको विजेताले १ लाख ११ हजार १११ प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया नगद पुरस्कार पाउने छ । 

    प्रदर्शनी आइडलमा विजेता बनेका कलाकार प्रिया भण्डारी, एन्जिला रेग्मीअहिले नेपाली गितसंगितमासिखरमा पुगेका छन् ।
    त्यस्तै प्रदर्शनीमा नयाँविधाका रुपमाप्रदर्शनी टिकटक हन्ट आयोजनागरिदै छ ।  चर्चित टिकटक कलाकारहरुलाई समावेश गरि आयोजनागरिने उक्तप्रतियोगितामा विजेताले २०हजार ५५५ प्राप्तगर्नेछन । त्यस्तै संस्कृतिको संरक्षण गर्न विभिन्नजनजातिका भेषभुषा र संस्कृतिझल्किने प्रस्तुति रहने छ । 


    ‘संमृद्ध नेपालनिर्माणको आधार, स्वदेशीउद्यमशिलताको विस्तार’ भन्ने मूल नाराका साथ सञ्चालनहुने प्रदर्शनी पुस १९गतेसम्मचल्नेछ । प्रदर्शनीको तयारीको कामहरु भैरहेको प्रदर्शनीमूलआयोजक समितिका सहसंयोजकदिलिप सापकोटाले जानकारी दिनु भयो । स्वदेशीउत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ आयोजित प्रदर्शन आयोजना गरिएको हो । आधुनिकप्रदर्शनी केन्द्रमाहुने प्रदर्शनीमा विभिन्न ९ प्याविलियनमा करिव ४ सय स्टलहरु समावेश गरिने प्रदर्शनी प्रबन्धक यादव प्रसाद भण्डारीले जानकारी गराउनु भएको छ । 
    भण्डारीकाअनुसार प्रदर्शनी सम्पन्न गर्न ५१ सदस्यिय विषेश सल्लाहाकार समिति, १०१ सदस्यीय मुल समिति तथा २५१ सदस्यीय सल्लाहाकार समिति तथा ३२ वटा विभिन्न उपसमिति निमार्ण गरिएको छ ।   

    संघले राजधानी काठमाडौ वाहिर प्रथम पटक वि.सं.२०४५ सालमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गरेको थियो भने २०५३ सालबाट निरन्तर आयोजना गर्दै आएको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार