आइतवार, मंसिर १८ २०७९११:१२:४७
तिलोत्तमा,
परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–११ को १२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ ।
सहकारीका अध्यक्ष कपिला रायमाझीको अध्यक्षता, तिलोत्तमा नगरपालिका सहकारी बिभाग प्रमुख कृष्ण प्रसाद पाण्डेयको आतिथ्यता, प्रतीक पाण्डेयको स्वागत तथा सचिव नविनराज आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा रुपन्देहीबचत तथा ऋण सरकारी संघका अध्यक्ष प्रकाश भट्टराई, महेश ए।सी,राम प्रसाद भुसाल , तुल्सी गुरुङ्गले बोलेका थिए ।
कार्यक्रममा लेखा प्रतिवेदन राजु शर्मा भुसाल र कोषाध्यक्ष दुर्गा जि।सी।ले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका पूर्व संचालक समिति सदस्य, असल ऋणी र बचत कर्ता र कर्मचारीलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा राज किशोर मिश्रा, पुष्पा गाहा, डासुराम अर्जेल,बिष्णु उदय ,गोमा खाती र मरोणपरान्त सस्थाका संस्थापक कोषाध्यक्ष स्व। मोति बहादुर खडकाको परिवारलाई सम्मान गरेको संस्थाका सञ्चालक समिति सदस्य प्रतीक पाण्डेले बताए ।
२०६७सालमा स्थापना भएका सहकारीमा हाल ४५२ जना शेयर सदस्य रहेको पाण्डेले जानकारी दिए ।