Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

रुपन्देही व्यापार संघको आयोजनामा नेतृत्व विकास तालिम सम्पन्न

रुपन्देही व्यापार संघको आयोजनामा नेतृत्व विकास तालिम सम्पन्न


  • 2.4K
    SHARES

  • रुपन्देही व्यापार संघको आयोजनामा  नेतृत्व विकास तालिम सम्पन्न


    बुटवल, 

    रुपन्देही व्यापार संघको आयोजनामा एक दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । संघ अन्तर्गतका विभिन्न वस्तुगत उपसमितिहरुलाई लक्षित गरी तालिमको आयोजना गरिएको हो ।

    संघ अन्र्तगत फेन्सी, स्टेशनरी, सुनचा“दी, पोल्ट्रीजन्य, कस्मेटिक, जुत्ताचप्पल, महिला उद्यमी, अटोमोवाइल्स, व्याग, हार्डवेयर, निर्माण सामाग्री लगायत उपसमितिबाट प्रतिनिधिमुलक तरिकाले तालिम सम्पन्न भएको संघका सह–सचिव एवं कार्यक्रम संयोजक ऋषिराम पाण्डेले बताउनु भयो।
    तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि संघका पूर्व अध्यक्ष मोतिलाल पाण्डेले वर्तमान् परिस्थितिमा व्यावसाय संचालनमा व्यावहारिक ज्ञान र सिपको विकास गर्नेतर्फ ध्यान दिदै प्रतिष्पर्धात्मक व्यावसाय संचालनमा तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्ने कुरामा जोड दिनुभयो ।
    संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले संघले आफ्ना व्यावसायी सदस्यहरुको क्षमता अभिवृद्धिका लागि आवश्यकता अनुसार तालिम गोष्ठी, प्रशिक्षणहरु आयोजना गर्दै जाने बताउनुभयो ।

    नेतृत्व, सिप विकास, व्यावसाय प्रवद्र्धन लगायतका विषयमा कार्यक्रमका सहजकर्ता औद्योगिक व्यावसाय विकास प्रतिष्ठान बुटवलका कार्यालय प्रमुख मुकुन्द ज्ञवालीले सहजीकरण गनुभएको थियो ।

    संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षता, महासचिव दयानिधि भण्डारीको संचालन, कार्यक्रम संयोजक ऋषिराम पाण्डेको स्वागत तथा कोषाध्यक्ष नामदेव पाण्डेको धन्यवाद ज्ञापन रहेको कार्यक्रमका

    सहभागीको तर्फबाट इशु देवकोटा र विष्णुहरि भण्डारीले अनुभव मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिमका विभिन्न वस्तुगत उपसमितिहरुबाट प्रतिनिधिमुलक तरिकाले ५० जनाको सहभागिता रहेको थियो । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार