शुक्रवार, भाद्र १० २०७९०९:१०:१३
बुटवल ।
बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण भएको छ ।
बुटवल–१० स्थित बुटवल मण्डपको साढे ६ बिघा क्षेत्रफलमा एक हजार जना क्षमताको मुख्य हल र अन्य १२ वटा हल सहितको सम्मेलन केन्द्र निर्माणको काम पूरा भएको हो ।
संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभागले १ अर्ब ११ करोडको लागतमा सम्मेलन केन्द्र तयार भएको छ ।
बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये ९ दशमलव ६ विगाह क्षेत्रफलमा फैलिएको सम्मेलन केन्द्रको भौतिक संरचना निकै आर्कषक बनाइएको छ । सभाहल अगाडि पानीका फोहोरा सहित पोखरी निर्माण गरिएको छ । सम्मेलन केन्द्रबाट प्रवेश गर्ने बाहिरिनेहरूका लागि छुट्टाछुट्टै गेट तयार गरिएको छ । ती गेटहरू पनि आर्कषक डिजाइनमा छन् । ५ वटा गेटमा प्रवेश र निकासद्वार, भिआईपी र सर्भिस गेट रहेका छन् ।
विभिन्न १३ वटा वातानुकूलित हलहितको सम्मेलन केन्द्रको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दै छन् ।
२०७१ साल पुसदेखि निर्माण सुरु गरिएको सम्मेलन केन्द्र दुई चरण गरेर सम्पन्न भएको हो ।
सम्मेलन केन्द्रसँगैको ६ बिघा जग्गामा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र समेत बन्दै छ । प्रदर्शनी केन्द्र र सम्मेलन केन्द्र दुवैलाई मिल्ने गरी पार्किङ स्थल र प्रवेशद्वार बनेका छन् ।
प्रतिकृया दिनुहोस्