सोमवार, भाद्र ६ २०७९०६:५१:१०
बुटवल,
स्याङ्जा जिल्लाको हाल कालीगण्डकी गाउँपालिका ओइघामा विं,स,२०३१ सालमा जन्मिएर बुटवलमा अध्ययनको शिलशीलामा आएर अहिले रुपन्देहीको मात्र नभएर देशकै सफल उद्योगी बन्नु भएको छ युवा उद्योगी महेश थैव ।
युवा उद्योगी महेश थैवले अहिले १५ वटा उद्योग संचालन गर्नुभएको छ भने आगामी केही दिनमा ३ वटा नयां उद्योग संचालन गर्ने तयारीमा रहेको बताउनुभयो ।
उद्योगी थैवले अहिले तीन हजार भन्दा बढीलाई रोजगार दिएको बताउनुभयो । युवा उद्योगी थैवका सन फिटिङ् प्रा,लि,ज्याक्वार इण्डस्ट्रिज,लक्ष्मी स्टिल इण्डस्ट्रिज,मयुर स्टिल इण्डस्ट्रिज,डुगारी गार्मेट इण्डस्ट्रिज,प्रा,लि लगायत पन्घ्र वटा उद्योग संचालन गर्नुभएको छ ।
उद्योगी थैवले उद्योग नीति नभएका कारण उद्योगको अवस्था बिग्रिदै गएको र दिनप्रतिदिन बिकराल रुप लिएको भन्दै सरकारले समयमै सम्बोधन गर्नुपर्ने अन्यथा नयां उद्योग पनि आउन नसक्ने तथा भएका उद्योग समेत बन्द हुने बताउनु भयो ।
रुपन्देही उद्योग संघका पूर्व उपाध्यक्ष समेत रहेका थैवले देशमा दक्ष जनशक्तिको समेत अभाव भएको भएका जनशक्ति पनि विदेश जाने क्रम रहेकाले राज्यले सम्बोधन गरी कुराभन्दा ब्यवहारमा स्वदेशी उद्योगलाई प्रोत्साहन र आर्थिक रुपले सहयोग गर्नुपर्ने बताउनु भयो ।
उद्योगी थैवले सरकारको नीतिले अहिले कच्चा पदार्थ ल्याएर उद्योग संचालन गर्नुभन्दा तयारी वस्तु ल्याउदा सहुलियत भएकोले पनि राज्यले उद्योगलाई समेटन नसकेको गुनासो गर्नुभएको छ ।
युवा उद्योगी महेश थैव लायन्स क्लव सिटीका संस्थापक अध्यक्ष,रोट्रयाक क्लव अफ बुटवलको पूर्व अध्यक्ष लगायत विभिन्न सामाजिक संघसंस्थामा सक्रिय भएर उद्योग ब्यवसायमा मात्र सिमित नरही सामाजिक क्षेत्रमा कार्य गरिरहेको बताउनुभयो ।
उद्योगी थैवले आफु र दाजु यज्ञश्वर थैवले उद्योग संचालन गरेको त्यस्तै भुवनेश्वर थैव र राजेश थैवले ब्यापार गरिरहेको भन्दै स्वदेशमै श्रम गर्न आग्रह गर्नुभयो छ । थैवले उद्योगी ब्यवसायीलाई राज्यले प्रोत्साहन र सहयोग गर्नुपर्ने बताउनुभयो ।