Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

जनैपूर्णिमा र गाईजात्रा पर्व आज एकै दिन,गाईजात्रा’ विभिन्न कार्यक्रम गरी मनाइँदै

जनैपूर्णिमा र गाईजात्रा पर्व आज एकै दिन,गाईजात्रा’ विभिन्न कार्यक्रम गरी मनाइँदै


  • 1.3K
    SHARES

  • जनैपूर्णिमा र गाईजात्रा पर्व आज एकै दिन,गाईजात्रा’  विभिन्न कार्यक्रम  गरी मनाइँदै

     काठमाडौं ,

    भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेको छ । पर्वको अवसरमा आज सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।

    नेवारी भाषामा ‘सापारु’ भनिने गाईजात्रा पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा दिवंगत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

    गाईजात्रा मृत्यु संस्कारसँग सम्बन्धित पर्व भएको संस्कृतिविद् ओम धौभडेल बताउँछन् । नेपाली संस्कृतिले शोकसँगै हाँसोमा पनि साथ दिन्छ भन्ने प्रतीकात्मक अर्थ बोकेको पर्व हो यो । मृत्युमा शोक मनाउनुपर्नेमा हास्यव्यङ्ग्य गर्ने अनौठो चलन चलिआएको छ ।राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ । 

    गाईजात्राका दिन एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार