बिहिवार, श्रावण २६ २०७९११:१६:३६
काठमाडौं
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो वर्ष जनैपूर्णिमा र गाईजात्रा पर्व एकैदिन मनाउन आग्रह गरेको छ ।
यही साउन २७ गते ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन धर्म, संस्कृति र परम्पराअनुकूल रहेको जनाइएको छ ।
“नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट निर्णय भई स्वीकृत पञ्चाङ्गहरूमा उल्लिखित श्रावण २७ गते शुक्रबार पर्ने ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन हामो धर्म, संस्कृति र परम्परा अनुकूल रहेको छ,” बुधबार जारी विज्ञप्तिमा उल्लेख छ, “यसमा कुनै सन्देह नराखी आफ्ना कृत्यहरू गर्न/गराउन यस नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति सम्बन्धित सबैमा हार्दिक निवेदन गर्दछ ।”
समितिका अनुसार यो वर्षको जस्तो तिथिहरूको अवस्था वि.सं. १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि परेको थियो । ती वर्षहरूमा पूर्णिमाकै दिन पर्व मनाइएको थियो ।
“...हाम्रा धर्मशास्त्रमा विभिन्न मत भए पनि हाम्रो शाखासूत्रानुसार उदयव्यापिनी पूर्णिमा तिथिकै दिन उपाकर्म, रक्षाबन्धन आदि गर्ने हाम्रो परम्परा समेत रहेको छ,” विज्ञप्तिमा थप उल्लेख छ ।
समितिले कुनै भ्रममा नपरी साउन २७ गते नै रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन अनुरोध गरेको छ ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology