Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

राममणि बहुमुखी क्याम्पसमा अभ्यास शिक्षण अनुमतिपत्र सम्बन्धी प्रशिक्षण शुरू

राममणि बहुमुखी क्याम्पसमा अभ्यास शिक्षण अनुमतिपत्र सम्बन्धी प्रशिक्षण शुरू


  • 8.3K
    SHARES

  • राममणि बहुमुखी क्याम्पसमा अभ्यास शिक्षण अनुमतिपत्र सम्बन्धी  प्रशिक्षण  शुरू

    बुटवल, 

    रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा अभ्यास शिक्षण अनुमतिपत्र सम्बन्धी ३ दिने प्रशिक्षण आज (शुक्रबार) देखि शुरू भएको छ ।

    प्रशिक्षण उद्घाटन गर्दै प्रमुख प्रशिक्षक एवम् सामाजिक विकाश कार्यालय पाल्पाका प्रमुख हरिलाल अर्यालले आवश्यकता बमोजिमका जनशक्ति उत्पादनका लागि प्रशिक्षण महत्वपूर्ण हुने बताउनुभयो ।

    क्याम्पसको शिक्षा तथा मानविकी संकायका प्रमुख नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्याल, प्रशिक्षक हरिबहादुर बिष्ट लगायतले बोल्नुभएको थियो ।

    २२ गतेसम्म सञ्चालन हुने प्रशिक्षणमा शिक्षा तथा मानविकी संकायका १ सय २७ जना विद्यार्थीको सहभागिता  रहेको क्याम्पसका उपप्राध्यापक मुक्तिनाथ गैह्रेले जानकारी दिनुभयो । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार