शुक्रवार, श्रावण २० २०७९११:४०:३९
बुटवल,
भुमिहिन दलित,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुका लागी नापजांच कार्यक्रम रुपन्देहीको तिलोत्तमा वडा नम्बर तीनमा शुरु भएको छ ।
शुक्रबारबाट भुमिहिन दलित,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुका लागी नापजांच कार्यक्रम शुरु भएको वडा अध्यक्ष कल्याण पौडेलले जानकारी दिनुभयो ।
शुभारम्भ कार्यक्रममा राष्ट्रिय भुमि आयोग रुपन्देहीका अध्यक्ष हरि बहादुर आर्चाय क्षेत्रीले रुपन्देहीका दश वटै पालिकाहरुका वडामा नापजांचका काम भैरहेको र छिटै नापजांचको काम सम्पन्न् हुने बताउनु भयो ।
कार्यक्रममा तिलोत्तमा नगरका नगर प्रमुख रामकृण्ण खाणले सबै मिलेर नगरबासीका आधारभुत कार्यका लागी हातेमालो गरेर अगाडी बढ्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल समाजवादी दलका विजय दाहाल,वडा सदस्य चुगा कुमारी विष्ट लगायतले बोल्दै समस्याको समाधानका लागी सबै दल,जनप्रतिनिधि, सामाजिक अगुवा मिलेर समाधान गनुपर्ने सुझाव दिए ।
कार्यक्रम वडा नम्बर तीनका वडा अध्यक्ष कल्याण पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा सचिव गोकुल गिरीले गर्नु भएको थियो ।
वडा नम्बर तीनको नापजांच प्राविधिक रोमाखर अधिकारीको नेतृत्वमा चार जनाको टोलि खटिएको छ ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology