मंगलवार, श्रावण १७ २०७९१०:४५:१७
म्याग्दी ,
म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा पहिराेले घर बगाउँदा दुुई जनाको मुत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् ।
आज बिहान घामबहादुर विक र गोठे विकको घर पहिराेले बगाएकाे हो । गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ ।
गोठे र उहाँकी श्रीमती गोरी विक पहिराेमा परेर घाइते भएका छन् । घामबहादुर, उहाँकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका छन् । स्थानीयवासीले बेपत्ताहरुको खोजी गरिरहेका छन् ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology