Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु एकआपसमा हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता

बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु एकआपसमा हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता


  • 2.6K
    SHARES

  • बुटवल उपमहानगरपालिकाका  जनप्रतिनिधि र कर्मचारीहरु एकआपसमा हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता

    बुटवल,


    बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले नगरको विकासमा एकआपसमा हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।


    जनप्रतिनिधि र कर्मचारीबीच तालमेल मिलाएर अगाडी बढ्न सकेमात्रै नगरको विकास सम्भव हुने भन्दै उनिहरुले नगरको विकासमा जनप्रतिनिधि र कर्मचारीहरु एकापसमा हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।

    आइतबार बुटवल उपमहानगरपालिकामा सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै उनिहरुले उक्त प्रतिवद्धता जनाएका हुन् ।

    नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुले पन्थीलाई एक कार्यक्रमका बीच स्वागत गरेका हुन् ।
    कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेयले कर्मचारी संयन्त्रलाई विश्वासिलो र जनउत्तरदायी बनाउन निर्देशन दिए ।

    ‘हामी जनप्रतिनिधिहरु पाँच वर्षमा आउने जाने हुन्छ, कर्मचारी संयन्त्र स्थायी सरकार हो, उनले भने–जनप्रतिनिधि सफल हुनु नहुनुमा कर्मचारी संयन्त्रको भूमिका रहन्छ, त्यसैले स्थानीय सरकारलाई सफल बनाउनका लागि जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्छ ।’
    उनले बुटवलको विकासका लागि जनप्रतिनिधिका योजनामा साथ दिएर अघि बढेमा मात्रै प्रभावकारी काम हुने बताए ।

    कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने बताइन् ।

    प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले नगरलाई सफल बनाउनका लागि नगरप्रमुखका योजना कार्यान्वयनमा आफु कानूनी आधारमा अघि बढ्ने बताए ।

    उनले नगरप्रमुखको निर्देशनबाहिर गएर आफुले कुनैपनि निर्णय र काम नगर्ने प्रतिबद्धता जनाए ।

    उपमहानगरका अधिकृत विष्णु प्रसाद खनालको सञ्चालनमा भएको कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एशोसिएशन बुटवल इकाईका अध्यक्ष अनिलकुमार माण्डव्य लगायतले स्वागत गरेका थिए ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार