Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

खोटाङको मातिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प

खोटाङको मातिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प


  • 3.1K
    SHARES

  • खोटाङको मातिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प

    काठमाण्डाै ,

    खोटाङको मातिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

    बिहान ८ बजेर १३ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का भोजपुर, इलाम, मोरङ र काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा महसुस गरिएको थियो ।

    खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईँका अनुसार ४ देखि १० सेकेण्डसम्मको धक्का महसुस भएको छ ।

    क्षतिको विवरणबारे जानकारी प्राप्त भइनसकेको उहाँले बताउनुभयो । विपद् व्यवस्थापनमा खटिने टोली तथा सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको पनि प्रमुख जिल्ला अधिकारी सेडाईँले जानकारी दिनुभयो ।

    ६ रेक्टर स्केलको भूकम्प गएको खोटाङको मात्तिमबिर्तामा एउटा घर भत्किएको आशङ्का गरिएको छ ।

    तर, त्यो ठाउँ दुर्गम भएकाले पुष्टि हुन बाँकी रहेको साकेला गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन कटवालले  जानकारी दिनुभयो ।

      बस्ती भएकै ठाउँमा भूकम्पको केन्द्रबिन्दु भएकाले क्षति भएको हुनसक्ने आशङ्का गरिएको छ ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार