Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

अमरज्योति वचत तथा ऋण सहकारीद्धारा शेयर सदस्यका परिवारलाई विमाको रकम हस्तान्तरण

अमरज्योति वचत तथा ऋण सहकारीद्धारा शेयर सदस्यका परिवारलाई विमाको रकम हस्तान्तरण


  • 1.7K
    SHARES

  • अमरज्योति वचत तथा ऋण सहकारीद्धारा शेयर सदस्यका परिवारलाई  विमाको रकम  हस्तान्तरण

    बुटवल ,

    अमरज्योति वचत तथा ऋण सहकारी संस्था लि., वुटवल ११ कालिकानगर, रुपन्देहीले आफ्ना दिवंगत शेयर सदस्यका परिवारलाई आज (शनिबार) विमा रकमको पाँच लाख रूपियाँ हस्तान्तरण गरेको छ ।

    गत जेठ ६ गते दुर्घटनामा परी दिवंगत हुनुभएका संस्थाका शेयर सदस्य पशुपति भट्टराईको परिवारलाई दुर्घटना विमा वापतको पाँच लाख रूपियाँ हस्तान्तरण गरिएको संस्थाका कोषाध्यक्ष मेघराज पन्थले जानकारी दिनुभयो ।

    सहकारीको कार्यालयमा आयोजित एक कार्यक्रमबीच दिवंगत शेयर सदस्य भट्टराईकी पत्नी इन्द्रकला भट्टराईलाई संस्थाका अध्यक्ष केशवराज पोखरेल र नेको विमा कम्पनीका लुम्बिनी प्रदेश प्रमुख रमेश थापाले संयुक्त रूपमा चेक हस्तान्तरण गर्नुभएको थियो ।

    संस्थाका सचिव लक्ष्मणप्रसाद ज्ञवालीको सञ्चालनमा भएको विमा रकम हस्तान्तरण कार्यक्रम संस्थाका उपाध्यक्ष कृष्णप्रसाद पौडेल सहित सञ्चालकहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार