Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

प्यूठानको स्वर्गद्वारीमा तीर्थयात्री बोकेको जीप दुर्घटना ,१ जनाको मुत्यु, ९ जनाको अवस्था गम्भीर

प्यूठानको स्वर्गद्वारीमा तीर्थयात्री बोकेको जीप दुर्घटना ,१ जनाको मुत्यु, ९ जनाको अवस्था गम्भीर


  • 3.2K
    SHARES

  • प्यूठानको  स्वर्गद्वारीमा तीर्थयात्री बोकेको जीप दुर्घटना ,१ जनाको मुत्यु, ९ जनाको अवस्था गम्भीर

     प्यूठान ,

     प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, १४ जना घाइते भएका छन् ।

    प्यूठानको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा शनिबार मध्यान्ह जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका-३ कि ३२ वर्षकी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानमा डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।

    स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटना घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ ।

    प्रहरीका अनुसार रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय वासिन्दा जीप रिजर्ब गरेर  तीर्थयात्राका लागि स्वर्गद्वारी  गएका थिए ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार