Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै


  • 2.4K
    SHARES

  • आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै

    काठमाण्डाै 

    आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी सङ्गठनमार्फत विश्वभर सहकारी दिवस मनाउन थालिएको हो ।

    यस वर्ष ‘सहकारीले अझ राम्रो विश्व निर्माण गर्छ’ भन्ने नाराका साथ विश्व सहकारी दिवस मनाउन लागिएको छ।

    नेपालसहित विभिन्न देशमा जुलाईको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।

    दक्षिण एसियाली देशहरु नेपाल, बङ्लादेश, भारत र पाकिस्तानमा सहकारीको प्रभाव बढी छ । नेपालको पहिलो सहकारी बखान २०१३ चैत २० गते स्थापना भएको थियो । त्यसै दिनको सम्झनामा हरेक चैत २० गते राष्ट्रिय सहकारी दिवस समेत मनाउने गरिएको छ ।

    स–साना व्यवसायीदेखि ठूला उद्याेपतिसम्म बचत अनि लगानीको जोखिम घटाउन निश्चित रकम जम्मा गर्ने या थोरै किस्ता नियमित तिरेर ठूलो रकम सापट लिने दिने गरिन्छ । सहकारीको उद्देश्य बचत, सापट र जोखिम न्यूनीकरणका लागि बीमा हो ।

    यसैबीच अबदेखि सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना  प्रणाली  (कोपोमिस) मा  सूचना  प्रविष्ट  नगर्ने  सहकारी संस्थालाई तीन लाख रुपैयाँसम्म जरिबाना हुने भएको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार