Namaste Lumbini

बिहिवार, मंसिर १० २०८३Nov 26 2026

बुटवलमा जङ्गली च्याउ खाँदा १५ जना बिरामी.३ जनाको अवस्था गम्भीर

बुटवलमा जङ्गली च्याउ खाँदा १५ जना बिरामी.३ जनाको अवस्था गम्भीर


  • 1.6K
    SHARES

  • बुटवलमा जङ्गली च्याउ खाँदा १५ जना बिरामी.३ जनाको अवस्था गम्भीर

     बुटवल,

     बुटवलमा जङ्गली च्याउ खाँदा १५ जना बिरामी परेका छन् ।

    इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीका अनुसार बुटवल–१२ नयाँगाउँका ६ जना र बुटवल ४–लक्ष्मीनगरका ९ जना जङ्गली च्याउ खाएर बिरामी परेका हुन् ।

    उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर छ । गम्भीर बिरामीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आईसीयूमा उपचार भइरहेको छ ।

    अरु बिरामीको पनि लुम्बिनी अस्पतालमा नै उपचार भइरहेको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार