आइतवार, जेठ २९ २०७९०७:५०:३८
बुटवल,
लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम वहुमतले पारित भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरेको प्रदेश सरकारलेकाे आर्थिक बर्ष २०७९/०८० काे नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हाे ।
नीति तथा कार्यक्रम दुई दिन छलफल भएपछि आइतबार पारित भएको हो ।
आइतबार प्रदेश सभा बैठकमा सभामुख पुर्णबहादुर घर्तीमगरले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेश सभाको बहुमतले ध्वनिमतका आधारमा पारित गरेको हो ।
८० सदस्यीय लुम्बिनी प्रदेश सभामा सत्ता पक्षमा ४३ र विपक्षमा ३७ सांसद छन् ।