आइतवार, जेठ २९ २०७९०५:३४:०६
पाल्पा,
नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीले तीनदिने संस्थागत विकास विषयक कार्यशाला तानसेनमा सम्पन्न गरेको छ ।
शुक्रबारदेखी सुरु भएको कार्यशाला आईतबार सम्पन्न भएको हो । कार्यशालाको समापन गर्दै तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजालीले उद्योगीले देशको अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको बताउँदै हरेक व्यक्ति उद्यमी बन्ने आकंक्षा सहितकार्य गरे देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताईन् ।
‘उद्योग गरौं, उद्यमीबनौ, देश विकासमा टेवा पु¥याऔं’ भन्ने मूलदृष्टिकोण तथा अभियानबाट उत्प्रेरित नेपालको अर्थतन्त्रलाई धरासायी हुनबाट जोगाउन, चलायमान बनाउन उत्पादनमुखी क्रियाकलापहरुको विकल्प नरहेको निष्कर्श निकालेका हुन् ।
पाल्पाको तानसेनमा तीनदिनसम्म चलेको कार्यशाला गोष्ठीका सहभागीहरुले घरपरिवार तथा समुदायमा हरेक व्यक्तिकुनै न कुनै वस्तुमाआत्मनिर्भर भएर अगाडी बढ्दा देशको आयात प्रतिस्थापन गर्न सक्ने बताएका हुन् ।
शुक्रबारदेखीआईतबार सम्म पाल्पाको तानसेनमा नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहील संस्थागत विकास विषयक गोष्ठी गरेको हो ।
गोष्ठीमा सहभागी उद्यमीहरुले वार्षिक कार्ययोजना बनाएका छन् । उनीहरुले उद्यमशीलताको विकासका लागि भन्दै आआफ्नो उद्योग तथा व्यवसायलाई उत्पादन बढावादिने तथा लागत न्यूनिकरण कसरी गर्ने भन्ने सहितको योजना बनाएकाहुन् ।
नेपालको अर्थतन्त्र पछिल्ला केही महिनादेखी गम्भिर अवस्थामा रहेको बताउँदै संस्थाकाअध्यक्ष ध्रुव कुमार धितालले आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनका कार्य गर्न सके प्रशस्त सम्भावना रहेको बताए ।
मेहनत, सिर्जना, उत्पादन र वस्तु मेरै नेपालको भन्ने मूलउद्देश्यका साथ संस्थागत सुशासन वृद्दिकालागि कार्यशाला राखिएकोे उनले बताए ।
कार्यशालामा सहभागीहरुलाई सहजिकरण गर्दै स्रोत व्यक्ति मुकुन्द ज्ञवालीले हरेक नेपालीले आफ्नो खरीदव्यवहार परिवर्तन गर्नु आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्यहरु वसन्त रोका, कनैयालाल कशोधन, सल्लाहकार जीवनारायण अधिकारी, टंकनाथ अधिकारी लगायतले नेपाल कृषिमाआत्मनिर्भर बन्न सकेमात्र पनि आयात कम हुने बताएका थिए ।
संस्थाका प्रमुखकार्यकारी अधिकृत मनोज भट्टराईको व्यवस्थापन तथा सचिव दिपकखनालको सञ्चालनमा भएको कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ रूपन्देहीमा आवद्द उद्यमीहरूले व्यवसायिकअवसर तथा चुनौतीका विषयमा छलफल गरेका थिए ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology