मंगलवार, जेठ १७ २०७९१०:४४:४९
काठमाण्डाै ,
प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदैछ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल हुने संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार आज, भोलि र पर्सि बजेटमाथि सैद्धान्तिक छलफल हुनेछ ।
बैठकमा अर्थमन्त्री जनार्द्धन शर्माले बजेटमाथि उठेका प्रश्नको जवाफ दिनु हुनेछ ।
प्रमुख प्रतिपक्षी दल एमालेले बजेटको विरोध गर्दै आएको छ ।
बजेट नागरिकमुखी नभएर चुनावमुखी भएको एमालेको टिप्पणी छ ।