Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

कार मोटरसाइकल, मोबाइल लगायत १० प्रकारका सामान असार मसान्तसम्म नेपाल भित्र्याउन प्रतिबन्ध,

कार मोटरसाइकल, मोबाइल लगायत १० प्रकारका सामान असार मसान्तसम्म नेपाल भित्र्याउन प्रतिबन्ध,


  • 1.7K
    SHARES

  • कार मोटरसाइकल, मोबाइल लगायत १० प्रकारका सामान  असार मसान्तसम्म नेपाल भित्र्याउन प्रतिबन्ध,

    काठमाडौं ,

    सरकारले १० प्रकारका सामान नेपाल भित्र्याउन प्रतिबन्ध लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गर्दै विलासी उपभोग्य सामान असार मसान्तसम्म नेपाल भित्र्याउन प्रतिबन्ध लगाएको हो । 

    ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन, जीप, कार र भ्यान, २५० सीसीभन्दा माथि क्षमताका मोटरसाइकल, मोबाइल, कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य बस्तु, हिरा, सबै प्रकारका खेलौना तथा खेल्ने तास नेपाल ल्याउन पाइने छैन ।

    वैशाख १३ गतेसम्म बैंकिङ प्रक्रिया पूरा गरेको हकमा भने पैठारी नरोकिने  उल्लेख छ । कुटनैतिक नियोगको हकमा याे व्यवस्था लागु हुने छैन ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार