Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

रुरु जलविद्युत् परियोजनाले आईपीओ बाँडफाँड, ३७ हजार ९१६ लगानीकर्ताले १० कित्ताका दरले सेयर पाए

रुरु जलविद्युत् परियोजनाले आईपीओ बाँडफाँड, ३७ हजार ९१६ लगानीकर्ताले १० कित्ताका दरले सेयर पाए


  • 3.3K
    SHARES

  • रुरु जलविद्युत् परियोजनाले  आईपीओ बाँडफाँड, ३७ हजार ९१६ लगानीकर्ताले १० कित्ताका दरले सेयर पाए

    काठमाडौं ।

    रुरु जलविद्युत् परियोजनाले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान रुरु जलविद्युत् परियोजनाले निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको हो ।

    कम्पनीले गत चैत २० गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा १६ लाख ८३ हजार १२१ आवेदकबाट दुई  करोड ३५ लाख ४६ हजार ४४० रुपैयाँ कित्ताको लागि आवेदन परेको थियो । आवेदन दिएका मध्येबाट योग्य कायम भएका १५ लाख ९० हजार ८९६ आवेदकलाई गोलाप्रथामा समावेश गरेर सेयर बाँडफाँड भएको छ ।

    योग्य आवेदकमध्ये गोलाप्रथाबाट ३७ हजार ९१६ लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले जानकारी दिए । रीतपूर्वक आवेदन दिएका मध्ये पनि १५ लाख ५२ हजार बढीको हात खाली भएको छ ।

    प्रिमियम मूल्यमा सेयर निष्कासन गरेको कम्पनीले अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा सेयर बिक्री गरिएको थियो ।

    कम्पनीले चार लाख सात हजार ७०६ कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गरेको थियो ।

    यसमध्ये आठ हजार १५४ कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषलाई छुट्ट्याएको थियो ।

     

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार