Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

आजदेखि बिमस्टेकको पाँचौं शिखर सम्मेलन कोलोम्बोमा सुरू हुँदै, प्रधानमन्त्री देउवाले भर्चुअल माध्यममार्फत सम्बोधन गर्ने

आजदेखि बिमस्टेकको पाँचौं शिखर सम्मेलन कोलोम्बोमा सुरू हुँदै, प्रधानमन्त्री देउवाले भर्चुअल माध्यममार्फत सम्बोधन गर्ने


  • 1.2K
    SHARES

  • आजदेखि  बिमस्टेकको पाँचौं शिखर सम्मेलन कोलोम्बोमा सुरू हुँदै, प्रधानमन्त्री देउवाले भर्चुअल माध्यममार्फत सम्बोधन गर्ने

    काठमाण्डाै ,

    बिमस्टेकको (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास)   पाँचौं शिखर सम्मेलन आजदेखि श्रीलंकाको राजधानी कोलोम्बोमा सुरू हुँदैछ ।

    सम्मेलनमा आयोजक श्रीलंका, बंगलादेश, भारत, भुटान, नेपाल, थाइल्यान्ड र म्यानमार सहभागी छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट बिमस्टेकको सम्मेलनलाई  भर्चुअल माध्यममार्फत सम्बोधन गर्नु हुनेछ ।  

    बिमस्टेक सम्मेलनमा सहभागी हुन भने परराष्ट्र मन्त्री नारायण खड्का भने श्रीलंकाको राजधानी कोलोम्बो पुगिसक्नु भएको छ ।

    सदस्य राष्ट्रका विदेशमन्त्री तथा अधिकारी सहभागी सम्मेलनको अध्यक्षता श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले गर्नु हुनेछ ।

    आयोजक बाहेक अन्य सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुले भने सम्मेलनलाई भर्चुअल सम्बोधन गर्ने छन् । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार