Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुने ,पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्य रहेको संगठनका अध्यक्ष न्यौपाने

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुने ,पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्य रहेको संगठनका अध्यक्ष न्यौपाने


  • 14.0K
    SHARES

  • भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुने ,पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्य रहेको संगठनका अध्यक्ष  न्यौपाने

    भैरहवा, 


    ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने मूल नारासहित भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुने भएको छ ।

    नयाँ वर्ष २०७९ को अवसर पारेर पूर्व संध्यामा यही चैत ३० गते सडक खाना महोत्सव हुने भएको हो । 

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीको आयोजनामा हुने महोत्सवबारे आइतबार भैरहवामा पत्रकार भेटघाट कार्यक्रम गरी जानकारी गराइएको छ ।

    पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने, यस क्षेत्रको पहिचान तथा सांस्कृतिक परम्पराको विकास गर्ने र समग्रमा यस क्षेत्रको विकासमा सहयोग पुर्याउने महोत्सवको उद्देश्य रहेको संगठनका अध्यक्ष पिताम्बर न्यौपानेले बताए ।

    महोत्सव सिद्धार्थनगर–१२ स्थित प्रहरी टोलमा साँझ ६ बजेदेखि राती ३ बजेसम्म हुने उनले बताए । महोत्सवमा १ सय वटा स्टल रहने र ५० हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको संगठनका महासचिव राजेश महोत्राले बताए । महोत्सवमा १ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।

    महोत्सवमा स्थानीय कला संस्कृति, स्थानीय कल्चर नृत्य, विद्यालय नृत्य, स्थानीय तथा राष्ट्रिय कलाकारबाट प्रस्तुति तथा डिजेसहित भव्य सांस्कृतिक कार्यक्रम हुने उनले बताए ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार