Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

१४ करोडमा निर्मित तामनगर-फर्साटिकर जाेड्ने पुलको गृहमन्त्री खाँणद्धारा उद्घाटन, बिकास निर्माणमा सबैको साझा प्रयास आवश्यक

१४ करोडमा निर्मित तामनगर-फर्साटिकर जाेड्ने पुलको गृहमन्त्री खाँणद्धारा उद्घाटन, बिकास निर्माणमा सबैको साझा प्रयास आवश्यक


  • 4.6K
    SHARES

  • १४ करोडमा निर्मित तामनगर-फर्साटिकर जाेड्ने पुलको गृहमन्त्री खाँणद्धारा उद्घाटन, बिकास निर्माणमा सबैको साझा प्रयास आवश्यक

    बुटवल,

    गृहमन्त्री बालकृष्ण खाणले बिकास निर्माणमा सबैको सहकार्य साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै बिकास निर्माणमा काममा अनावश्यक राजनिती नगर्न आग्रह गर्नु भएको छ ।

    बुटवलस्थित तामनगर—फर्साटिकर सडक खण्ड अन्तर्गत दानव नदिमा नवनिर्मित पक्कि पुलको उद्घाटन गर्दै मन्त्री खाणले तिनै तहको निर्वाचन समयमै सम्पन्न गराउन र बिकासका कामलाई अघि बढाउन सरकारले प्रमुख दायित्वको रुपमा लिएर अघि बढिरहेको जानकारी गराउनु भयो ।:

    हालै संसदबाट पारित भएको अमेरिकी सहयोग एमसिसि परियोजना मुलुक र जनताको हितमा रहेको चर्चा गर्दै मन्त्री खाणले एमसिसिको बिरुद्धमा अनावश्यक भ्रम र अफवाह नफैलाउन आग्रह गर्नुभयो ।  

    कार्यक्रममा प्रदेश सरकारका मन्त्री डिल्लीबहादुर चौधरी र बुटवल उपमहानगरपालीका प्रमुख शिवराज सुबेदी लगायतका बक्ताहरुले बिकास निर्माणका काममा संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारको सहकार्य आवश्यक रहेको चर्चा गर्नु भयो ।

    सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले करिब १४ करोड रुपैयाँको लागतमा निर्माण भएको सो पक्कि पुल निर्धारित समयमै सम्पन्न भएको जानकारी गराउदै तिनाउ र दानव नदिमा निर्माणधिन अन्य पुलहरु पनि छिट्टै सम्पन्न हुने बिश्वास ब्यक्त गर्नु भयो ।  

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार