शनिवार, चैत्र ५ २०७८०२:१७:५०
रामेछाप ,
तामाकाेशी जलविद्युत आयाेजनाकाे मुख्य सब-स्टेशनको आज उद्घाटन भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको मन्थली नगरपालिका वडा नं. १३ को साँखे (फुलासी)मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०/१३२ के.भी. सब-स्टेशन शनिबार उद्घाटन गर्नुभएको हाे ।
सब-स्टेशन स्वदेशी पूँजीमा निर्माण भएको देशकै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको एउटा मुख्य भाग हो ।
माथिल्लो तामाकोसी आयोजनाले नै निर्माण गरेको याे सब-स्टेशन नेपालमा हालसम्म निर्माण र सञ्चालनमा रहेको ढल्केबरपछिको दोस्रो ठूलो सब-स्टेशन हो ।
तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत् जोडिने नयाँ खिम्ती सब-स्टेशनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने छ ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ४७ किलो मिटर लामो २२० के. भी. डबल सर्किट प्रसारण लाइनबाट नयाँ खिम्ती सब-स्टेशन जोडिएको छ ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology