Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

नेष्डो समृद्धि लघुवित्तको आजबाट आईपीओ बिक्री खुला, छिटोमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने

नेष्डो समृद्धि लघुवित्तको आजबाट आईपीओ बिक्री खुला, छिटोमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने


  • 3.0K
    SHARES

  • नेष्डो समृद्धि लघुवित्तको  आजबाट आईपीओ बिक्री खुला, छिटोमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने

    काठमाडौं ,

    नेष्डो समृद्धि लघुवित्तले आजबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।

    कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा  ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता साधारण सेयर निष्कासन बिक्री खुला गरेको हो । 

    जसको ०.५ प्रतिशत अर्थात्  १२ हजार ७५० कित्ता सेयर कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गर्दै बाँकी रहेको  ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणका लागि  आवेदन खुला गरेको हो । 

    कम्पनीको आईपीओमा छिटोमा फागुन १५ गतेसम्म र  उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

     आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मक लागि आवेदन दिन सकिनेछ । इच्छुक आवेदकले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

    कम्पनीको आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले  ‘इक्रा एनपी इस्यूआर रेटिङ डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार